Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

१ लाख सहयोग गर्न खोज्दा १० लाख रुपैयाँ गएपछि...

१ लाख सहयोग गर्न खोज्दा १० लाख रुपैयाँ गएपछि...


  • 1.4K
    Shares

    १ लाख सहयोग गर्न खोज्दा १० लाख रुपैयाँ गएपछि...
    images

    काठमाडौं । बाढी पीडितहरूको सहयोगार्थ प्रधानमन्त्री कार्यालयको उद्धार कोषमा १ लाख सहयोग गर्न खोज्दा १० लाख रुपैयाँ ट्रान्सफर भएको छ ।

    कोटेश्वरको सुयोग्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बिहीबार १ लाख रुपैंयाँ पठाउँन खोज्दा भुलवश १० लाख रुपैंयाँ ट्रान्सफर भएको हो । सुयोग्य सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले भुलवश जम्मा भएको रकम फिर्ता गरिदिन प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषलाई सम्बोधन गर्दै निवेदन लेखेका छन् ।

    सहकारीले कोषमा १ लाख १ हजार १ रुपैयाँ योगदान गर्ने निर्णय गरेको थियो । बिहीबार ग्लोबल आइएमई बैंक लिमिटेडको खातामा कनेक्ट आईपीएसमार्फत रकम ट्रान्सफर गर्ने क्रममा भुलवश १० लाख १ हजार १ रुपैयाँ ट्रान्सफर भएको थियो ।

    प्रमुख कार्यकारी अधिकृत कार्कीका अनुसार भुलवश ट्रान्सफर भएकाले सो रकम फिर्ता गरिदिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई पत्र लेखेका छन् । सहकारीले कोषमा योगदान गर्ने रकम १ लाख १ हजार १ रुपैयाँ छुट्टै ट्रान्सफर गर्ने बताएको छ ।

    रकम ट्रान्सफर भएको विवरणसमेत निवेदनसँगै संलग्न गरिएको सहकारीले जनाएको छ ।

    sahayoggg.webp

    प्रकाशित मिति :भाद्र १२ २०८३ शुक्रवार - १२:३६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij