२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । तिब्बततर्फको ड्याम फुटेर भोटेकोशी नदीमा पानीको बहाव बढ्न थालेपछि नुवाकोट र रसुवामा उच्च सतर्कता अपनाइएको छ।
बाढीको गम्भीर जोखिमलाई मध्यनजर गर्दै नुवाकोटको सदरमुकाम विदुर र त्रिशूली बजार क्षेत्रमा उद्धार तथा राहतमा खटिएका डोजर, उपकरण र जनशक्तिलाई क्षतिग्रस्त क्षेत्रबाट तत्काल सुरक्षित स्थानमा सारिएको छ।
रसुवामा खटिएका एसएसपी दीप शमशेर राणाका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाकर्मीले सीमा क्षेत्र तथा नदी किनारका सडकमा आवागमन पूर्ण रूपमा रोक लगाएका छन्।
भोटेकोशी नदीमा पानीको सतह निरन्तर बढिरहेको जनाइएको छ। जोखिम बढ्दै गएपछि तल्लो तटीय क्षेत्रमा कार्यरत उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा जान चेतावनी दिइएको छ।
सम्भावित बाढी तथा डुबानबाट हुन सक्ने थप क्षति न्यूनीकरणका लागि सुरक्षा निकाय तथा स्थानीय प्रशासनलाई उच्च सतर्क अवस्थामा राखिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij