Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भारतमा सातवटा शव भेटिए, रसुवा बाढीमा बगेका हुनसक्ने आशंका

भारतमा सातवटा शव भेटिए, रसुवा बाढीमा बगेका हुनसक्ने आशंका


  • 694
    Shares

    भारतमा सातवटा शव भेटिए, रसुवा बाढीमा बगेका हुनसक्ने आशंका
    images

    काठमाडौं । नेपालसँग सिमाना जोडिएको भारतीय राज्य उत्तर प्रदेशस्थित महाराजगन्जमा गण्डक (नारायणी) नदीमा चार शव र कुशीनगरमा तीन शव फेला परेका छन्।

    अधिकारीहरूका अनुसार ती शवमा पाँच महिला र दुई पुरुषका रहेका छन्। नेपालमा आएको भीषण बाढीले ती शव बगाएर भारत पुर्‍याएको आशंका गरिएको बीबीसी हिन्दीले जनाएको छ। 

    सशस्त्र सीमा बलको उद्धार टोलीले नदीको निगरानी गर्दा तैरिरहेको अवस्थामा ती शव फेला परेका हुन्। टोलीले मोटरबोट प्रयोग गरेर नदीबाट शव निकालेर महाराजगन्ज र कुशीनगर जिल्ला सदरमुकाम पठाएको छ। शव अझै पहिचान हुन सकेको छैन। 

    निचलौल तहसिलका उपजिल्ला मजिस्ट्रेट सिद्धार्थ गुप्ताले बीबीसी हिन्दीसँग भनेका छन्, ‘बिहीबार दिउँसो गण्डक नदीबाट चार शव बरामद गरिएको छ। यसमा तीन महिला र एक पुरुष छन्। माथिल्लो नेपालबाट शवहरू आएको हुन सक्ने सम्भावना धेरै छ।’

    प्रकाशित मिति :भाद्र १२ २०८३ शुक्रवार - १२:०३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij