Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

चीनमा बनेको ताल फुट्यो, रसुवामा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

चीनमा बनेको ताल फुट्यो, रसुवामा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


  • 764
    Shares

    चीनमा बनेको ताल फुट्यो, रसुवामा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    images

    काठमाडौं । चीनको तिब्बतमा पहिरोका कारण बनेको ठूलो ताल फुटेको छ। चिनियाँ पक्षबाट ताल फुटेको सूचना प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिएका छन्। प्रजिअ परियारका अनुसार ताल फुटेको सूचना आएलगत्तै नदीको तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन सर्कुलर गरिएको छ।

    उनले भने, “थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ। नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ।” छोचेन खोला र पुरेपु त्साङ्पोलाई त्रिशूली नदीका माथिल्ला सहायक नदीका रूपमा चिनिन्छ। यी नदीहरू चीनको तिब्बत स्वायत्त क्षेत्रमा उद्गम भई नेपाल प्रवेश गरेपछि भोटेकोशी–त्रिशूली नदी प्रणालीमा गाभिन्छन्।

    बिहीबार बिहानसम्म पहिरोका कारण बनेको उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो। चीनको जलस्रोत मन्त्रालयले आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरेको थियो।

    ताल फुट्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै चिनियाँ जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको थियो।

    चीनतर्फ उद्धार अभियान स्थगित

    ताल फुटेपछि थप बाढीको जोखिम बढेकाले चीनले तिब्बतमा जारी उद्धार अभियानसमेत स्थगित गरेको जनाइएको छ।

    अलजजिराले चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै उद्धार टोलीलाई घटनास्थलबाट करिब एक किलोमिटर टाढा हट्न आदेश दिइएको जनाएको छ।

    विनाशकारी पहिरोपछि तिब्बत क्षेत्रमा अझै सयौँ मानिस बेपत्ता रहेको बताइएको छ। नेपालतर्फ पनि सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै नदी किनार तथा तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

    प्रकाशित मिति :भाद्र १२ २०८३ शुक्रवार - ११:४५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij