२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ४६९ पुगेको छ।
गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार बाढीमा परी ९७७ जना अझै बेपत्ता छन्।
यसैबिच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धार गरिएका सबै व्यक्तिको नामावली आफ्नो वेबसाइटमा प्रकाशन गरेको छ।
थप उद्धार हुने व्यक्तिहरूको नाम पनि सोही पेजमा निरन्तर अद्यावधिक गरिनेछ। सर्वसाधारणले प्राधिकरणको वेबसाइटमा गई आफ्ना परिवार, आफन्त वा मित्रहरूको नाम र विवरण हेर्न सक्ने व्यवस्था मिलाइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij