Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्यु

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्यु


  • 743
    Shares

    मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्यु
    images

    काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ ।

    बिहीबार राति करिब १० बजे बघवनबाट कलैयातर्फ आउँदै गरेको मधेस प्रदेश ०३–०२८ प ७१९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो ।

    दुर्घटनामा कलैया उपमहानगरपालिका–१४ निवासी ३३ वर्षीय पाण्डे गम्भीर घाइते भएका थिए । घटनालगत्तै अस्थायी प्रहरी पोस्ट बसपार्कबाट प्रहरी नायब निरीक्षक विमलेशकुमार यादवको कमान्डमा खटिएको टोलीले उनलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याएको थियो ।

    कलैया अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पठाइएको थियो । तर, बयोधा अस्पतालमा चिकित्सकले राति १०ः५० बजे पाण्डेलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं डिएसपी मीनबहादुर घलेले जानकारी दिएका छन्।

     

    प्रकाशित मिति :भाद्र १२ २०८३ शुक्रवार - १०:३०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij