Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोटेकोशी बाढी : १०२ शव कास्की ल्याइयो, शव व्यवस्थापनमा समस्या

भोटेकोशी बाढी : १०२ शव कास्की ल्याइयो, शव व्यवस्थापनमा समस्या


  • 1.1K
    Shares

    भोटेकोशी बाढी : १०२ शव कास्की ल्याइयो, शव व्यवस्थापनमा समस्या
    images

    काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएका १०२ जनाको शव कास्की ल्याइएको छ। तनहुँ, नवलपुर, धादिङ, गोरखालगायत विभिन्न जिल्लामा फेला परेका शवहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ।

    कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार शवगृहमा ८८ वटा शव मात्रै व्यवस्थापन गर्न सक्ने क्षमता छ। केही शव यसअघि नै रहेकाले थप शव राख्न कठिन भएको उनले बताए। 

    हाल सङ्कलन गरिएका शवमध्ये केही पूर्ण शरीर नभई अङ्ग मात्रै रहेका छन् भने केही बालबालिकाका शवसमेत छन्। त्यस्ता शवलाई सानो बक्समा राखेर अहिलेसम्म व्यवस्थापन मिलाइएको गुरुङले बताए। तर, अब थप शव राख्न सक्ने अवस्था नरहेको उनको भनाइ छ।

    मौजुदा शवहरूलाई क्रमशः आफन्तको जिम्मा लगाउने वा व्यवस्थापन गरेपछि मात्रै नयाँ शव स्वीकार गर्न सकिने अवस्था रहेको प्रशासनले जनाएको छ।

    शव पहिचानका लागि फोटो खिच्ने तथा आफन्तबाट सनाखत गराउने प्रक्रिया अघि बढाइएको छ। साथै, पहिचान हुन नसकेका शवको डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ।

    लामो समयसम्म पहिचान हुन नसकेका वा दाबी गर्न कोही नआएका शवलाई शव व्यवस्थापन कार्यविधिअनुसार अन्तिम संस्कार गर्ने तयारी गरिएको छ।

    जिल्ला प्रहरी प्रमुखको संयोजकत्वमा गठन गरिएको शव व्यवस्थापन समितिले आवश्यक प्रक्रिया पूरा गरी शवको व्यवस्थापन गर्ने जिल्ला प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए।  

    प्रकाशित मिति :भाद्र १२ २०८३ शुक्रवार - १०:२३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij