Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मृतकको कानबाट मुन्द्रा निकाल्ने दुई जना पक्राउ

मृतकको कानबाट मुन्द्रा निकाल्ने दुई जना पक्राउ


  • 974
    Shares

    मृतकको कानबाट मुन्द्रा निकाल्ने दुई जना पक्राउ
    images

    काठमाडौं । बाढीमा परी मृत्यु भएका व्यक्तिको कानबाट मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तिब्बतबाट भीषण पहिरोसहित भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको मृतकको शरीरबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियो सार्वजनिक भएपछि अनुसन्धान थालिएको थियो ।

    अनुसन्धानका क्रममा भिडियोमा देखिएका व्यक्तिहरूलाई प्रहरीले बिहीबार भरतपुर महानगरपालिका–१ स्थित पोखरा बसपार्क नजिकबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाइएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा २५ वर्षीय मदन गुरुङ र ३८ वर्षीय उमेश चौधरी रहेका छन् । उनीहरूलाई मृतकको शरीरबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियोका आधारमा पहिचान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - १८:१६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij