२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ। नेपाल प्रहरीले बिहीबार साँझ ५ बजे दिएको अपडेटअनुसार बुधबार आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको हो।
प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा २८, धादिङमा २९, चितवनमा १२१, गोरखामा २९, तनहुँमा १९, नवलपरासी पूर्वमा ७४ र नवलपरासी पश्चिममा १५ जनाको शव भेटिएको छ।
बाढीमा परी अझै केही व्यक्ति बेपत्ता रहेको प्रहरीले जनाएको छ। बेपत्ताहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन भइरहेका छन्।
प्रहरीसहित सुरक्षा निकायका टोलीले सम्भावित स्थानमा खोजी कार्यलाई निरन्तरता दिएका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत वितरणलाई समेत प्राथमिकतामा राखिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij