Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ताल बढ्दै, भोटेकोशीमा बाढीको जोखिम अझै टरेन

ताल बढ्दै, भोटेकोशीमा बाढीको जोखिम अझै टरेन


  • 1.3K
    Shares

    ताल बढ्दै, भोटेकोशीमा बाढीको जोखिम अझै टरेन
    images

    काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा पुनः बाढीको जोखिम कायम रहेको जनाएको छ। नदी थुनिएर ताल बनेकाले ताल फुटेमा तल्लो तटीय क्षेत्रमा थप जोखिम निम्तिन सक्ने महाशाखाले जनाएको हो।

    बिहीबार भोटेकोशी नदीमा सम्भावित बाढी जोखिमसम्बन्धी विशेष सूचना जारी गर्दै महाशाखाले चीनतर्फबाट परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचनाका आधारमा यस्तो जानकारी दिएको हो।

    भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणअनुसार भदौ १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको महाशाखाले जनाएको छ। उक्त ताल निरन्तर बढ्ने क्रममा रहेको र फुट्ने जोखिमसमेत देखिएको सूचनामा उल्लेख छ।

    ताल फुटेमा भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्ने भएकाले महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

    अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई नदी किनार र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ। 

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - १७:२५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij