२०८३ आश्विन १ गते बिहिवार
चितवन । रसुवा बाढीले बगाएर ल्याएका १ सय ३० जनाको शव चितवनको नारायणी नदी किनारामा भेटिएको छ । चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार हिजो र आज दिउँसो ४ बजेसम्म भेटिएको शवको संख्या १ सय ३० पुगेको हो ।
उनका अनुसार नदीमा भेटिएका शवको खोजीमा जनपथ, सशस्त्र र नेपाली सेनाका गरी करिब एक हजार जनाको हाराहारीमा खटिएका छन् । स्थानीय युवा, राजनीतिक दल तथा विभिन्न संघ संस्थाका व्यक्तिहरू पनि शवको खोजी कार्यमा बिहानैदेखि जुटेका छन् ।
भने, भेटिएको शवको व्यवस्थापनमा पनि कठिनाइ भएपछि औद्योगिक प्रतिष्ठानको सरकारी भवनमा तापक्रम मिलाउने गरी व्यवस्थापन सकेर शव व्यवस्थापन गर्न थालिएको छ ।
बाढीले बगाएर ल्याएका शवहरू चिन्न नसक्ने अवस्थामा रहेपछि चितवन प्रशासनले भरतपुर अस्पतालको शव गृहमा लगेर अनुहार सफा गरी चिनिने बनाएपछि तस्बिर लिएर नम्बर लगाउँदै शव व्यवस्थापन कक्षमा राख्ने तयारी गरेको छ ।
एसपी पौडेलले खोजीका लागि आएका आफन्तहरूलाई छुट्टाछुट्टै शव देखाउन नसक्ने अवस्थामा अनुहार सफा गरी खिचिएका शवको तस्बिर देखाएर पहिचानको प्रयास गरिने बताए । त्यसको लागि प्रशासनले आफन्त हराइरहेका व्यक्तिसँग समन्वय गर्न डेस्कको पनि व्यवस्थापन गरेको छ ।
त्यसैगरि आफन्त हराएर खोजीको लागि चितवन आउने व्यक्तिहरूलाई खान र बस्नको लागि निःशुल्क व्यवस्था गर्नेगरि चितवन होटल संघले तयारी गरेको छ । जिल्ला प्रशासनको समन्वयमा चितवनमा आफन्त खोज्न आउने व्यक्तिको खाने र बस्ने व्यवस्था सहज बनाउन होटल व्यवसायी संघले निर्णय गरेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij