Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवा बाढीमा लुम्बिनीका १२९ जना सम्पर्कविहीन

रसुवा बाढीमा लुम्बिनीका १२९ जना सम्पर्कविहीन


  • 1.3K
    Shares

    रसुवा बाढीमा लुम्बिनीका १२९ जना सम्पर्कविहीन
    images

    काठमाडौं । रसुवामा आएको बाढी तथा पहिरोपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १२९ जना सम्पर्कविहीन भएका प्रारम्भिक विवरण आएको छ ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका सूचना अधिकारी एसएसपी शारदा प्रसाद चौधरीका अनुसार प्रदेशका १२ वटै जिल्लाबाट रसुवामा रहेका १२९ जना व्यक्तिहरू अहिलेसम्म परिवारको सम्पर्कमा नआएका प्रारम्भिक रिपोर्ट प्राप्त भएको हो ।

    रसुवामा निजी तथा सरकारी कामका साथै अन्य प्रयोजनका लागि पुगेका लुम्बिनी प्रदेशका नागरिकहरू बाढी तथा पहिरोपछि परिवारको सम्पर्कमा आउन नसकेका हुन् ।

    सम्पर्कविहीन भएकाहरूको खोजी तथा अवस्थाबारे जानकारी संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सम्पर्कविहीन व्यक्तिहरूको विवरण अद्यावधिक गर्ने कामसमेत जारी राखेको छ ।

     

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - १६:४३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij