Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोटेकोशी बाढीमा १,४३३ जना सम्पर्कविहीन, कुन प्रदेशको कति ?

भोटेकोशी बाढीमा १,४३३ जना सम्पर्कविहीन, कुन प्रदेशको कति ?


  • 1.1K
    Shares

    भोटेकोशी बाढीमा १,४३३ जना सम्पर्कविहीन, कुन प्रदेशको कति ?
    images

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटबाहेक देशभरबाट नेपाली तथा विदेशी गरी १ हजार ४३३ जना सम्पर्कविहीन भएका छन्।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार दिउँसो साढे २ बजेसम्मको विवरणमा सातै प्रदेशबाट ९१६ जना नेपाली र ५१७ जना विदेशी नागरिक सम्पर्कविहीन भएका छन्। रसुवा र नुवाकोटको छुट्टै तथ्यांक संकलन भइरहेको प्राधिकरणले जनाएको छ।

    पछिल्लो विवरणअनुसार कोशी प्रदेशमा ८० जना सम्पर्कविहीन भएका छन्। उनीहरू जलविद्युत् कम्पनीमा कार्यरत कर्मचारी, व्यवसायी तथा व्यापारी रहेको र ११ जिल्लाका नागरिक रहेको प्राधिकरणले जनाएको छ।

    त्यस्तै, मधेस प्रदेशमा ३७, रसुवा र नुवाकोटबाहेक बागमती प्रदेशमा ४२० तथा गण्डकी प्रदेशमा ८४ जना सम्पर्कविहीन छन्।

    यसैगरी लुम्बिनी प्रदेशमा १०५, कर्णाली प्रदेशमा ११८ र सुदूरपश्चिम प्रदेशमा ७२ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

    b1.png

    b2.png

    b3.png

    b4.png

    b5.png

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - १५:२१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij