Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवा बाढी : मृतकको सङ्ख्या २७० पुग्यो

रसुवा बाढी : मृतकको सङ्ख्या २७० पुग्यो


  • 1.4K
    Shares

    रसुवा बाढी :  मृतकको सङ्ख्या २७० पुग्यो
    images

    काठमाडौं । रसुवा भोटेकोसीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ।

    नेपाल प्रहरीका अनुसार चितवनमा मात्रै १०८ जनाको शव फेला परेको छ। त्यस्तै पूर्वनवलपरासीमा ६२, पश्चिम नवलपरासीमा १५, धादिङमा २७ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको हो।

    त्यस्तै गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९ र रसुवामा १७ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार ५२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

    त्रिवि शिक्षण अस्पतालमा २६, ट्रमा सेन्टरमा २०, वीर अस्पतालमा २, नर्भिक अस्पतालमा २, मनमोहन अस्पतालमा १ र वीरेन्द्र सैनिक अस्पतालमा १ जनाको उपचार भइरहेको छ। 

    १४ जना भने डिस्चार्ज भएको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - १४:५०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij