Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नारायणी नदीबाट ६२ वटा शव सङ्कलन

नारायणी नदीबाट ६२ वटा शव सङ्कलन


  • 939
    Shares

    नारायणी नदीबाट ६२ वटा शव सङ्कलन
    images

    काठमाडौं । नवलपुरस्थित नारायणी नदी किनारमा भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका ६२ वटा शव फेला परेका छन् । 

    अहिलेसम्म २६ पुरुष, १६ महिला, बालक ३, बालिका ७ र लिङ्ग नखुलेको ९ वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिएका छन् ।

    सङ्कलन गरिएका शवलाई अहिले पालिकास्तरका अस्पतालमा राखिएको र पोखरा पठाउने तयारी भइरहेको उनले बताएका छन् । फेला परेका कुनै पनि शवको पहिचान खुल्न सकेको छैन ।

    जिल्ला प्रहरी कार्यालयले बिहानैदेखि शव सङ्कलनको कामलाई तीव्रता दिएको जनाएको छ । शव सङ्कलनका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

     

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - १३:१०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij