Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कर्णालीका १३४ जना सम्पर्कविहीन

कर्णालीका १३४ जना सम्पर्कविहीन


  • 820
    Shares

    कर्णालीका १३४ जना सम्पर्कविहीन
    images

    काठमाडौं । बुधबार रसुवा जिल्लामा आएको बाढीमा परी कर्णाली प्रदेशका १३४ जना सम्पर्कविहीन बनेका छन् ।

    रोजगारीको सिलसिलामा रसुवा, नुवाकोट तथा त्रिशूली क्षेत्र पुगेका १० जिल्लाका १३४ जना सम्पर्कविहीन बनेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरले बताएका छन् ।

    उनका अनुसार, सम्पर्कविहीन हुनेमा १०८ जना पुरुष, १७ जना महिला, ६ जना बालक र ३ जना बालिका रहेका छन् । १० जिल्लामध्ये सबैभन्दा धेरै ४९ जना सल्यानका सम्पर्कविहीन छन् । 

    यस्तै, जुम्लाका ३१, हुम्लाखका १२, डोल्पाका २, मुगुका १२, कालिकोटका ५, सुर्खेतका ११, दैलेखका ५ र जाजरकोटका ३ जना बाढीमा सम्पर्कविहीन बनेका छन् । यस्तै, रुकुम पश्चिमका ४ जना बेपत्ता भएका छन् । 

    यसैबिच कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले  विपद्को उक्त घटनामा कर्णालीका नागरिक समेत प्रभावित भई केही व्यक्ति सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रति कर्णाली प्रदेश सरकार गम्भीर र दुःखी भएको बताएका छन् ।

    photo-ne-(1)_tuRpqkjaST.webp

     

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - १२:४२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij