Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नुवाकोट पुगे प्रधानमन्त्री बालेन शाह

नुवाकोट पुगे प्रधानमन्त्री बालेन शाह


  • 925
    Shares

    नुवाकोट पुगे प्रधानमन्त्री बालेन शाह
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नुवाकोट पुगेका छन् ।

    तिब्बतबाट आएको विनाशकारी बाढीका कारण नुवाकोटमा भएको क्षति, उद्धार तथा राहत कार्यको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शाह नुवाकोट पुगेका हुन् ।

    प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवस्था, उद्धार कार्यमा देखिएका समस्या तथा प्रभावित नागरिकलाई भइरहेको राहत व्यवस्थापनबारे सम्बन्धित अधिकारीसँग जानकारी लिनेछन् ।

    बाढीपछि नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ भने उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय परिचालन भएका छन् ।

    प्रधानमन्त्रीको नुवाकोट भ्रमणका क्रममा प्रभावित नागरिकको उद्धार, राहत सामग्री वितरण तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनःस्थापनाका विषयमा समेत आवश्यक निर्देशन दिने तयारी छ।  

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - १२:२१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij