Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवामा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहयोगको घोषणा

रसुवामा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहयोगको घोषणा


  • 897
    Shares

    रसुवामा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहयोगको घोषणा
    images

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयले नेपालको रसुवा जिल्लामा आएको विनाशकारी आकस्मिक बाढीका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

    मन्त्रालयको प्रवक्ताको कार्यालयद्वारा जारी विज्ञप्तिमा बाढीमा परी ज्यान गुमाउनेका परिवार र आफन्तजनप्रति समवेदना प्रकट गर्दै अमेरिका यस विपद्को घडीमा नेपालको साथमा रहेको जनाइएको छ।

    अमेरिकी सरकारले बाढी प्रभावित समुदायको तत्काल सहयोगका लागि ५ लाख अमेरिकी डलर (करिब ६ करोड ६० लाख रुपैयाँभन्दा बढी) उपलब्ध गराउने घोषणा गरेको छ । यो रकम ‘क्याथोलिक रिलिफ सर्भिसेज’ मार्फत आपत्कालीन आवास, राहत सामग्री, खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सहायताका लागि खर्च गरिनेछ ।

    साथै, अमेरिकी विदेश मन्त्रालयले बाढीपछिको अवस्थाको अनुगमन गर्न र राहत तथा पुनर्स्थापनाका प्रयासमा सहयोग पुऱ्याउन एक ‘विपद् प्रतिकार्य सल्लाहकार’ लाई समेत सो क्षेत्रमा खटाउने जानकारी दिएको छ ।

    काठमाडौंस्थित अमेरिकी दूतावासले बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकहरूको सुरक्षाको विषयमा स्थानीय अधिकारीहरूसँग निकट समन्वय गरिरहेको जनाएको छ ।

    आपत्कालीन सहयोग आवश्यक पर्ने अमेरिकी नागरिकहरूलाई दूतावासको इमेल वा तोकिएका हटलाइन नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

    दूतावासले सो क्षेत्रमा रहेका अमेरिकी नागरिकहरूलाई स्थानीय समाचारहरू नजिकबाट नियाल्न, स्थानीय अधिकारीहरूका निर्देशनहरू पालना गर्न र आपत्कालीन सूचनाका लागि ‘स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राम’ मा आबद्ध हुन समेत सुझाव दिएको छ ।

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - ११:१५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij