Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सेनाले टिमुरेसहित प्रभावित क्षेत्रमा राहत सामग्री पठाउन थाल्यो

सेनाले टिमुरेसहित प्रभावित क्षेत्रमा राहत सामग्री पठाउन थाल्यो


  • 771
    Shares

    सेनाले टिमुरेसहित प्रभावित क्षेत्रमा राहत सामग्री पठाउन थाल्यो
    images

    काठमाडौं । रसुवामा आएको बाढीका कारण प्रभावित बस्तीहरूमा सेनाले राहत सामग्री लैजान थालेको छ । सबैभन्दा बढी प्रभावित ठाउँ टिमुरेमा बिहीबार बिहानसम्ममा ४ सटल सामग्री पुर्‍याइएको सेनाले जनाएको छ ।

    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार ११ ट्रक सामान नुवाकोटको त्रिशूलीमा पठाइएको हो । त्रिशूलीबाट हेलिकप्टरमार्फत रसुवामा सामान पठाइने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    बिहीबार बिहानैदेखि सेनाका ५ वटा हेलिकप्टर उद्धारमा परिचालन गरिएको छ । आज बिहान रसुवाको मैलुङ टनेलबाट ३ जना र टिमुरेबाट १४ जनाको हवाई उद्धार गरिएको सेनाले जनाएको छ । त्यस्तै जमिनी मार्गबाट सेनाले ६३ जनाको उद्धार गरेको छ ।

    सेनाले अहिलेसम्म ११४ जनाको उद्धार गरेको छ । नुवाकोटदेखि चितवनसम्म सेनाले खोज तथा उद्धारमा २ हजार भन्दा बढी फौज परिचालन गरेको छ । गएराति सेनाको ११ वटा टिमले जमिनी उद्धार जारी राखेको थियो ।   

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - ११:०६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij