Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवा बाढी अपडेट : १५७ शव भेटियो, ८१ सुरक्षाकर्मी बेपत्ता

रसुवा बाढी अपडेट : १५७ शव भेटियो, ८१ सुरक्षाकर्मी बेपत्ता


  • 2.9K
    Shares

    रसुवा बाढी अपडेट : १५७ शव भेटियो, ८१ सुरक्षाकर्मी बेपत्ता
    images

    काठमाडौँ । रसुवा जिल्लामा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १५७ पुगेको छ । प्रहरी प्रधान कार्यालयले बुधबार राति ११ः०५ बजे सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार बाढी र पहिरोमा परी विभिन्न जिल्लामा हालसम्म १५७ वटा शव फेला परेका हुन् ।

    फेला परेका शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा ६४ जना रहेका छन् भने धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार उद्धार र खोज कार्यका लागि ३ हजार ३१८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । यद्यपि, बाढीका कारण हालसम्म २८ जना प्रहरी कर्मचारीहरू अझै सम्पर्कविहीन रहेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना, सीमा प्रहरी चौकी रसुवागढीका ९ जनामध्ये १ जना र प्रहरी चौकी स्याफ्रुबेँसीका ८ जनामध्ये ५ जना मात्र हालसम्म सम्पर्कमा आएका छन् । त्यसैगरी अस्थायी प्रहरी पोस्ट मैलुङका ८ जनामध्ये ३ जना, प्रहरी चौकी बेत्रावतीका १० जनामध्ये ९ जना र प्रहरी चौकी हाकुका ६ जनामध्ये ५ जना कर्मचारी मात्र सम्पर्कमा आएका छन् भने बाँकी २८ जनाको खोजी जारी छ ।

    बाढी र पहिरोमा परी घाइते भएका ४१ जनाको हाल विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । घाइतेहरूमध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २० जना, ट्रमा सेन्टरमा ४ जना, वीर अस्पतालमा ३ जना र त्रिशूली अस्पतालमा ९ जनाको उपचार भइरहेको छ । यस्तै, नर्भिक अस्पतालमा ३ जना, वीरेन्द्र सैनिक अस्पतालमा १ जना र ग्रीन सिटी अस्पतालमा १ जना घाइते उपचाररत रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - ०२:०२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij