Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाढीबाट मृत्यु हुनेको संख्या २२ पुग्यो, खोजी–उद्धार जारी

बाढीबाट मृत्यु हुनेको संख्या २२ पुग्यो, खोजी–उद्धार जारी


  • 1.3K
    Shares

    बाढीबाट मृत्यु हुनेको संख्या २२ पुग्यो, खोजी–उद्धार जारी
    images

    काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ। बागमती प्रदेश प्रहरी कार्यालयको पछिल्लो विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनमा गरी २२ जनाको मृत्यु भएको हो।

    विवरणअनुसार रसुवामा एक पुरुष, नुवाकोटमा पाँच महिला र छ पुरुष गरी ११ जना, धादिङमा पाँच महिला, दुई पुरुष र दुई जनाको लिङ्ग नखुलेको गरी नौ जना तथा चितवनमा एक महिलाको मृत्यु भएको छ।

    बाढी प्रभावित क्षेत्रमा ६५ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। रसुवाबाट ४३, नुवाकोटबाट १९ र धादिङबाट तीन जनाको उद्धार गरिएको विवरणमा उल्लेख छ।

    उद्धार गरिएकामध्ये छ जना काठमाडौं र ३६ जना धुन्चेमा रहेको तथा एक प्रहरीसहित अन्य घाइतेको नुवाकोटमा उद्धार गरिएको विवरणमा उल्लेख छ।  

     

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १७:३१:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij