Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

तत्कालीन र दीर्घकालीन राहत प्याकेज घोषणा गर्न एमालेको माग

तत्कालीन र दीर्घकालीन राहत प्याकेज घोषणा गर्न एमालेको माग


  • 1.3K
    Shares

    तत्कालीन र दीर्घकालीन राहत प्याकेज घोषणा गर्न एमालेको माग
    images

    काठमाडौं । नेकपा (एमाले) ले विपद्मा परेका नागरिकको जीवनरक्षा राज्यको पहिलो दायित्व भएको बताएको छ । भोटेकोशीमा आएको बाढीपछि बुधबार बसेको एमाले सचिवालय बैठकले बाढी प्रभावितको तत्काल उद्धार, बेपत्ताको खोजी तथा घाइतेको उपचारमा तीव्रता दिन सरकारसँग माग गरेको हो ।

    बैठकले जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा पुनर्स्थापना गर्न र थप मानवीय क्षति हुन नदिन तत्काल आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेको छ । साथै मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलन गरी विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्र, साधन–स्रोत र विकल्प तत्काल परिचालन गर्न माग गरेको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरिएको छ ।

    भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा पूर्वी नवलपरासीका नदी तटीय क्षेत्र उच्च जोखिममा रहेको भन्दै एमालेले नागरिकलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

    एमालेले आफ्ना नेता, कार्यकर्ता, जनसङ्गठन तथा जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतमा सक्रिय रूपमा परिचालन हुन निर्देशनसमेत दिएको छ ।

    1_g8cIH2SHfs.webp

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १७:२६:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij