Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विश्व बैंकले दियो २५ अर्बसम्म सहयोग,भारत र चीनले भन्यो- कस्तो सहयोग कहाँ पठाउँ ?

विश्व बैंकले दियो २५ अर्बसम्म सहयोग,भारत र चीनले भन्यो- कस्तो सहयोग कहाँ पठाउँ ?


  • 2.5K
    Shares

    विश्व बैंकले दियो २५ अर्बसम्म सहयोग,भारत र चीनले  भन्यो- कस्तो सहयोग कहाँ पठाउँ ?
    images

    काठमाडौं ।   विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्।

    बाढीको समाचार बाहिर आएलगत्तै बिहान १०.३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोग स्वरुप रु. २५ अर्ब सहयोग गर्न सकिने जानकारी गराएका थिए।

    दक्षिणी छिमेकी मित्रराष्ट्र भारतले बाढीपीडितका लागि तत्काल चाहिने राहत सामग्रीहरू के-के हुन् भनी सरकारसमक्ष सूची पठाउन आग्रह गरेको छ।

    प्रधानमन्त्री, अर्थमन्त्री लगायत अन्य वरिष्ठ मन्त्रीहरुसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आज नै काठमाडौँ ल्याइने तयारी भइरहेको बताउनु भयो।

    यस्तै, उत्तरी छिमेकी मित्रराष्ट्र चीनले पनि तत्कालै नगद सहयोग गर्ने भएको छ। त्यसका लागि रकम पठाउने प्रक्रिया सुरु गर्न चिनियाँ राजदूत जाङ्ग माओमिङ्गले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन्।

    छिमेकी मुलुक र दातृ निकायको उदार सहयोगको प्रतिवद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर-सरकारी समन्वय गरी सहयोग मोडालिटीका सन्दर्भमा छलफल गरिरहेका छन्।

    आज बसेको मन्त्रिपरिषद् बैठकले रसुवा, नुवाकोट र धादिङ्गका प्रभावित पालिकाहरुलाई ‘विपद संकटग्रस्त क्षेत्र’ घोषित गरेपछि घरेलु एवं बाह्य सहयोग जुटाउने बाटो खुलेको हो।

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १७:१६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij