२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । तिब्बततर्फबाट रसुवाको त्रिशूली नदीमा आएको बाढीका कारण १६ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पौने ४ बजे दिएको विवरणअनुसार बाढीबाट रसुवा, नुवाकोट र धादिङ जिल्ला प्रभावित भएका छन् ।
प्रहरीका अनुसार रसुवामा १ जना, नुवाकोटमा ९ जना र धादिङमा ६ जनाको मृत्यु भएको हो । मृतकमध्ये ७ जना महिला र ८ जना पुरुष रहेका छन् भने एक जना मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
बाढीमा परी घाइते भएकामध्ये रसुवाबाट १३ जना, नुवाकोटबाट १९ जना र धादिङबाट ३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तिब्बततर्फबाट आएको बाढीका कारण त्रिशूली नदीको जलस्तर अचानक बढेपछि नदी आसपासका क्षेत्रमा क्षति पुगेको हो । बाढीका कारण प्रभावित क्षेत्रमा जनजीवन प्रभावित भएको छ भने विभिन्न स्थानमा खोजी तथा उद्धार कार्य जारी छ ।
प्रहरी तथा सुरक्षा निकायले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् । नदी आसपासका बस्ती तथा जोखिममा रहेका नागरिकलाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij