२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित २१ जनाको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाका अनुसार हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएका २१ जना घाइतेको उपचार भइरहेको हो।
प्रहरीका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १७ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ३ जना र मेडिसिटी अस्पतालमा १ जना उपचाररत छन्।
राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत
भक्त भण्डारी, ४२ वर्ष — विदुर नगरपालिका–५, नुवाकोट
सिता भण्डारी, ४१ वर्ष — विदुर नगरपालिका–५, नुवाकोट
विवेक कुमाल, २४ वर्ष — विदुर नगरपालिका–५, नुवाकोट
उनीहरूलाई नुवाकोटबाट उद्धार गरी काठमाडौं ल्याइएको हो।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत
तेजबहादुर तामाङ, ३४ वर्ष,
पेम्बा तामाङ, ४८ वर्ष
कुशल मगर -उमेर खुल्न बाँकी
‘काकी’ भनिने पुरुष, ४५ वर्ष
नामथर खुलाउन नसकेका पुरुष, ३५ वर्ष
मिनबहादुर श्रेष्ठ, ३३ वर्ष
गिर्यालाल बुढाथोकी, ४० वर्ष
रुपक रोका, २३ वर्ष
सुजन बस्नेत, ३५ वर्ष
सुसान्त श्रेष्ठ, २३ वर्ष
शिक्षण अस्पतालमा उपचाररत अन्य घाइतेको विवरण संकलन तथा पहिचानको प्रक्रिया जारी रहेको जनाइएको छ।
यसैबीच, रसुवा बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ। सुरक्षाकर्मी तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा फसेका र घाइते भएकाहरूको खोजी गरी आवश्यकताअनुसार हेलिकप्टरमार्फत काठमाडौं ल्याइरहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij