Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन

सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन


  • 1.4K
    Shares

    सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन
    images

    काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित २५ जनाको नेपाली सेनाले उद्धार गरेको छ। प्रभावित क्षेत्रमा खटिएको सेनाको टोलीले रसुवाको टिमुरे र स्याफ्रु तथा नुवाकोटको त्रिशूली क्षेत्रबाट उनीहरूको उद्धार गरेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।

    बाढी प्रभावितको उद्धार र प्रतिकार्यका लागि सेनाका ६ र निजी क्षेत्रका ८ गरी १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। ती हेलिकप्टरले आवश्यकता अनुसार घाइते तथा प्रभावितको उद्धार तथा राहतमा सहयोग पुर्‍याउनेछन्।  

    सेनाले घाइतेको उपचारका लागि दुई जना सर्जनसहित २० जनाको विशेषज्ञ चिकित्सकको टोली त्रिशूलीस्थित मैथली ब्यारेकमा तैनाथ गरेको छ। त्रिशूली अस्पतालसँगको सडक सम्पर्क टुटेपछि सेनाले ब्यारेकमा स्वास्थ्य सेवा दिन उक्त टोली खटाएको हो।  

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १५:३०:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij