Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु


  • 1.2K
    Shares

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
    images

    काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।

    मन्त्री पोखरेलका अनुसार घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारका लागि स्वास्थ्य मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालले व्यवस्था मिलाएको मन्त्री पोखरेलले जानकारी दिएका छन् । त्यस्तै घाइते तथा बिचल्लीमा परेकाहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्न गृह मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ । त्यसका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने पनि सरकारको निर्णय छ । 

    बैठकले गृहमन्त्रीलाई उद्धारका लागि हेलिकोप्टरसहित सबै साधन प्रयोग गर्न निर्देशन दिएको छ । सरकारले घरबास गुमाएका मानिसहरुलाई गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण र सम्बन्धित व्यवस्थापन समितिले मिलाउने भएको छ ।

    784425124_1387370600197823_4487459920922509935_n_6NxoZwRe69 (2).webp

     

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १४:३७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij