२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । पालुङटार नगरपालिका–५ नौखोरबाट गोसाइँकुण्ड तिर्थयात्री बोकेर गएको बस सम्पर्कविहीन छ । बसमा कति यात्रु थिए भन्ने एकिन हुन सकेको छैन । ग२ख ११५२ नम्बरको बस सम्पर्कविहीन बनेको पालुङटार–५ का वडाध्यक्ष दिपक पाण्डेले बताए । उका अनुसार दुई गोरखाबाट माइक्रो र एक बसमा स्थानीयहरू गोसाइँकुण्ड गएका थिए ।
‘रसुवाको दोभान भन्ने ठाउँ आसपासबाट सम्पर्कविहीन बनेको भन्ने छ,’ उनले भने, ‘बाढी आएपछि बसबाट ७ जना हाम फालेर बाँच्यौं भन्दै सम्पर्कमा आएका छन् । अरु के कति थिए, बुझ्दै छौँ ।’
फोन सम्पर्क हुन नसक्दा अवस्था थाहा हुन नसकेको स्थानीय बताउँछन् । जिल्ला प्रहरी कार्यालय गोरखाले बस सम्पर्कमा नरहेको जानकारी आएको र बुझ्ने काम भइरहेको जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij