२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परेर घाइते भएकाहरूको उद्धार जारी छ।
बाढी प्रभावित क्षेत्रबाट घाइतेहरूको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याउने क्रम जारी रहेको छ।
बाढी प्रभावित क्षेत्रमा अझै पनि उद्धार तथा खोजी कार्य जारी रहेकाले थप घाइतेको उद्धार गरी काठमाडौं ल्याउने तयारी भइरहेको छ। सुरक्षा निकाय तथा उद्धार टोलीहरू प्रभावित क्षेत्रमा परिचालन भएका छन्।
यसैबीच, भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा बाढीको जोखिम कायमै रहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij