Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोटेकोसी–त्रिशूलीमा बाढीको जोखिम कायमै, चीनतर्फ बनेको ताल अझै पूर्ण खुलेन

भोटेकोसी–त्रिशूलीमा बाढीको जोखिम कायमै, चीनतर्फ बनेको ताल अझै पूर्ण खुलेन


  • 2.5K
    Shares

    भोटेकोसी–त्रिशूलीमा बाढीको जोखिम कायमै, चीनतर्फ बनेको ताल अझै पूर्ण खुलेन
    images

    काठमाडौं । चीनतर्फबाट प्राप्त सूचनाअनुसार हिमपरिरोपछि नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा खुलेको छैन । जसका कारण भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ।

    बाढीसम्बन्धी सूचना जारी गर्दै नेपाल बाढी सूचना र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी थुनिएको स्थानमा ताल पूर्ण रूपमा नखुलेको जानकारी दिएको हो।

    बुधबार दिउँसो १ः३५ बजे जारी गरिएको सूचनामा अर्को सूचना नआएसम्म भोटेकोसी र त्रिशूली नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

    नदी थुनिएको स्थानमा पानीको बहावमा हुन सक्ने परिवर्तनका कारण तल्लो तटीय क्षेत्रमा जोखिम कायम रहेकाले नदी आसपासका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ। चीनतर्फ हिमपहिरो जाँदा आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा व्यापक क्षति भएको छ ।
       

     

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १३:५५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij