Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन, ३२ नेपाल प्रहरी र ९ सशस्त्र प्रहरी

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन, ३२ नेपाल प्रहरी र ९ सशस्त्र प्रहरी


  • 2.5K
    Shares

    रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन, ३२ नेपाल प्रहरी र ९ सशस्त्र प्रहरी
    images

    काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्।

    नेपाल प्रहरीका ३२ र सशस्त्र प्रहरीका ९ जना गरी कुल ४१ सुरक्षाकर्मी अहिलेसम्म सम्पर्कमा नआएको सम्बन्धित सुरक्षा निकायले जनाएको छ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार अहिलेसम्म ३२ जना प्रहरी सम्पर्कविहीन छन्। केही प्रहरी सम्पर्कमा आएको र केही सम्पर्कमा आउने क्रममा रहेको उनले बताए।

    बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरे, स्याफ्रुबेसी प्रहरी चौकी, रसुवागढी र मैलुङ प्रहरी कार्यालयमा समेत क्षति पुगेको प्रवक्ता काफ्लेले जानकारी दिए। 

    त्यसैगरी, सशस्त्र प्रहरीका ९ जना पनि सम्पर्कविहीन भएका छन्। सशस्त्र प्रहरीका अनुसार बीओपी टिमुरेमा कार्यरत ९ जना सुरक्षाकर्मीसँग अहिलेसम्म सम्पर्क स्थापित हुन सकेको छैन।

    बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको छ। सम्पर्कविहीन सुरक्षाकर्मीको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १३:२६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij