Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बगायो केउरेनी–फोस्रेदार जोड्ने पुल

बगायो केउरेनी–फोस्रेदार जोड्ने पुल


  • 1.1K
    Shares

    बगायो केउरेनी–फोस्रेदार जोड्ने पुल
    images

    काठमाडौं । चीन हुँदै रसुवाबाट त्रिशुली नदीमा पसेको विनाशकारी बाढीले नुवाकोटको बेल्कोटगढी नगरपालिकास्थित केउरीनी र धादिङको धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ स्थित फोस्रेटार जोड्ने पक्की पुल बगाएको छ ।

     बाढीले नजिकैका झोलुङ्गे पुलहरूमा पनि क्षति पुर्‍याएको छ । पुल १९२ मिटर लामो थियो ।  २०७१ सालमा ठेक्का सम्झौता भएको पुल २०७८ सालमा निर्माण सम्पन्न भएको थियो । 

    त्यतिेला कूल १५ करोड ११ लाख रुपैयाँमा सपना हिम्डुङ एण्ड थोकर र नागार्जुन कन्सट्रक्सन जेभी कम्पनीले यो पुल निर्माण सम्पन्न गरेको थियो ।  पुल बगाएसँगै सो क्षेत्रका बासिन्दा निराश भएका छन् ।  

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १३:२२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij