Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोटेकोसी बाढीबारे मन्त्री महावीर पुनले दिए ८ बुँदामा जानकारी

भोटेकोसी बाढीबारे मन्त्री महावीर पुनले दिए ८ बुँदामा जानकारी


  • 1.1K
    Shares

    भोटेकोसी बाढीबारे मन्त्री महावीर पुनले दिए ८ बुँदामा जानकारी
    images

    काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबारे आठ बुँदामा जानकारी दिएका छन्।

    मन्त्री पुनले सामाजिक सञ्जालमार्फत तिब्बतमा हिमताल फुटेर बाढी आएको जानकारी दिँदै बाढीबाट रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको बताएका छन्। उनका अनुसार बाढीका कारण टिमुरे, रसुवागढी र स्याफ्रुबेसी क्षेत्रमा अत्यधिक क्षति पुगेको छ। करिब २०० मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक जानकारीसमेत उनले दिएका छन्।

    मन्त्री पुनका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि ११ वटा हेलिकप्टर परिचालन गरिएको छ। घाइतेहरूलाई त्रिशूली जिल्ला अस्पतालमा ल्याएर उपचार गर्ने व्यवस्था मिलाइएको छ भने अन्य प्रभावितका लागि धुन्चेमा बसोबासको व्यवस्था गरिएको छ।

    उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी प्रभावित क्षेत्रतर्फ परिचालन गरिएको उनले बताएका छन्। मन्त्री पुनका अनुसार भोटेकोशीको शिरतर्फ बाढीको बहाव घट्दै गएको भए पनि तल्लो तटीय क्षेत्रमा बाढीको प्रभाव बढिरहेको छ। बाढी मुग्लिन पुग्न लागेको उनले जानकारी दिएका छन्।

    विपद् व्यवस्थापन तथा उद्धार कार्यका लागि आवश्यक बजेटको व्यवस्था सरकारले गरेको पनि मन्त्री पुनले बताएका छन्।

     

     

     

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १२:४२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij