Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मलेखु बजार पुग्यो रसुवा बाढी

मलेखु बजार पुग्यो रसुवा बाढी


  • 1.6K
    Shares

    मलेखु बजार पुग्यो रसुवा बाढी
    images

    काठमाडौं । रसुवा हुँदै त्रिशुली नदीमा आएको बाढी मलेखु बजार आसपास पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले बाढी अबको करिब आधा घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    महाशाखाले भदौ १० गते बिहान ११ः५० बजे एसएमएस अलर्ट जारी गर्दै पृथ्वी राजमार्ग, मुग्लिन, नारायणगढलगायत त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्र खाली गर्न अनुरोध गरेको छ।

    बाढीको जोखिम रहेका नदी छेउछाउका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान तथा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

    बाढीका कारण त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम बढेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा रहन समेत अनुरोध गरिएको छ।

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १२:३७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij