Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


  • 897
    Shares

    मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक बस्न लागेका हुन्।  

    रसुवास्थित भोटेकोसी र त्रिशूली नदीमा तिब्बततर्फबाट आएको भीषण बाढीका कारण उत्पन्न सङ्कट र तटीय क्षेत्रमा बढेको जोखिमका बारेमा छलफल गर्न प्रधानमन्त्रीले यो आकस्मिक बैठक आह्वान गरेका छन्।

    बैठकमा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र क्षति न्यूनीकरणका लागि राज्यका सम्पूर्ण सुरक्षा निकाय तथा सरकारी संयन्त्रहरूलाई प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा महत्त्वपूर्ण निर्णय गर्ने तयारी छ ।  

    आज भदौ १० गते बिहानदेखि आएको अप्रत्याशित बाढीले रसुवा र नुवाकोटमा क्षति पुर्‍याएको र यसको असर चितवनसम्म पर्न सक्ने बाढी पूर्वानुमान शाखाको चेतावनीपछि सरकारले उच्च सतर्कता अपनाउन यो कदम चालेको हो। बैठकले विपद् व्यवस्थापनका लागि आवश्यक थप रणनीति तय गर्ने अपेक्षा गरिएको छ।  

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १२:१२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij