Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

त्रिशूली उर्लिएपछि उपत्यकाका नाकामा कडाइ, काठमाडौंबाट बाहिरिने सवारी रोकिए

त्रिशूली उर्लिएपछि उपत्यकाका नाकामा कडाइ, काठमाडौंबाट बाहिरिने सवारी रोकिए


  • 2.0K
    Shares

    त्रिशूली उर्लिएपछि उपत्यकाका नाकामा कडाइ, काठमाडौंबाट बाहिरिने सवारी रोकिए
    images

    काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधनलाई रोक लगाइएको छ। 

    बाढीका कारण सडक तथा नदी आसपासका क्षेत्रमा क्षति पुग्न सक्ने आकलन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँका नागढुंगा र भीमढुंगा नाकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सम्पूर्ण सवारीसाधनलाई उपत्यकाभित्रै रोकेको छ।

    बाढीका कारण यात्रा असुरक्षित बनेकाले सावधानीस्वरूप सवारी आवागमनमा कडाइ गरिएको प्रहरीको भनाइ छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जोखिमको अवस्था रहेकाले ती जिल्लातर्फ जाने सवारीसाधनलाई तत्काल अगाडि नबढ्न आग्रह गरिएको बताएका छन्। उनले भनेका छन्, ‘जोखिमका कारण त्यसतर्फ जान लागेका सवारीलाई नजान भनिएको छ।’

    प्रहरीले यातायात व्यवसायीलाई समेत धादिङ, रसुवा र चितवनतर्फ सार्वजनिक सवारीसाधन नचलाउन अनुरोध गरेको छ। नागढुंगा र भीमढुंगा नाकाबाट ती जिल्लातर्फ जाने सार्वजनिक यातायातसँगै चारपाङ्ग्रे निजी तथा दुईपाङ्ग्रे सवारीसाधनलाई समेत नाकामै रोकिएको छ। बाढीको बहाव र सडकको अवस्था हेरेर मात्र सवारी आवागमन खुलाउने विषयमा थप निर्णय लिइने ट्राफिक प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १२:०४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij