Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवा–नुवाकोटमा बाढीले टेलिकमका ७ टावर र अप्टिकल फाइबरमा क्षति

रसुवा–नुवाकोटमा बाढीले टेलिकमका ७ टावर र अप्टिकल फाइबरमा क्षति


  • 1.5K
    Shares

    रसुवा–नुवाकोटमा बाढीले टेलिकमका ७ टावर र अप्टिकल फाइबरमा क्षति
    images

    काठमाडौं । रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको भीषण बाढीका कारण नेपाल टेलिकमको सञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेको छ। बाढीले सातवटा टावर र गल्छीदेखि रसुवागढीसम्मको अप्टिकल फाइबरमा क्षति पुर्‍याउँदा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको छ।

    नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार प्रारम्भिक विवरणअनुसार रसुवामा दुईवटा र नुवाकोटमा पाँचवटा टावरमा भौतिक क्षति पुगेको छ। टावरमा क्षति पुग्नुका साथै विद्युत् आपूर्ति अवरुद्ध हुँदा धेरै स्थानमा नेटवर्क सेवा प्रभावित भएको हो।

    बाढीले गल्छीदेखि रसुवागढीतर्फको अप्टिकल फाइबरमा समेत समस्या आएको लामिछानेले जानकारी दिए। क्षतिको पूर्ण विवरण भने संकलन भइरहेको टेलिकमले जनाएको छ।

    सञ्चार सेवा पूर्ण रूपमा ठप्प हुन नदिन टेलिकमले वैकल्पिक प्रविधिको प्रयोग गरिरहेको छ। हाल त्रिशूलीसम्म फाइबर सेवा सुचारु रहेको र त्यसभन्दा माथिल्लो क्षेत्रमा माइक्रोवेभ रेडियो प्रविधिमार्फत नेटवर्क सेवा सञ्चालन गर्ने प्रयास भइरहेको छ।

    विद्युत् आपूर्ति बन्द भएका कारण केही साइट सञ्चालन हुन नसके पनि ती साइटलाई पुनः सञ्चालनमा ल्याउन प्राविधिक टोली परिचालन गरिएको छ। टेलिकमको मर्मत तथा आकस्मिक व्यवस्थापन टोली जोखिमका बीच कार्यक्षेत्रमै खटिएको छ।

    यसैगरी, नेपाल टेलिकमले विपद् व्यवस्थापन विभागसँग समन्वय गरी बाढी प्रभावित तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सचेतनामूलक ‘एलर्ट’ एसएमएस पठाउँदै सुरक्षित रहन आग्रह गरिरहेको छ।

    टेलिकमले क्षतिग्रस्त संरचनाको मर्मत गरी जतिसक्दो छिटो सञ्चार सेवा नियमित गर्ने प्रयास भइरहेको जनाएको छ।

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १२:०३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij