Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

टाटाको सिएरा ईभी नेपाली बजारमा सार्वजनिक, दसैँदेखि डेलिभरी

टाटाको सिएरा ईभी नेपाली बजारमा सार्वजनिक, दसैँदेखि डेलिभरी


  • 1.2K
    Shares

    टाटाको सिएरा ईभी नेपाली बजारमा सार्वजनिक, दसैँदेखि डेलिभरी
    images

    काठमाडौं । नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रिक एसयूभी सिएरा ईभी सार्वजनिक भएको छ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आजदेखि सुरु भएको नाडा अटो शो २०२६ मा सिएरा ईभी प्रदर्शन गरेको हो ।

    साथै, कम्पनीले सिएरा ईभीको औपचारिक सुरु प्रि बुकिङ खुलाएको छ । यसको डेलिभरी आगामी दसैँदेखि सुरु गरिने कम्पनीले जनाएको छ । नेपाली बजारमा विद्युतीय सवारीमा वर्चस्व जमाइरहेको टाटाले सिएरा ईभी ल्याएसँगै आफ्नो उपस्थिति झन् बलियो भएको छ । सिप्रदीले हाल टाटाका टियागो ईभी, पन्च ईभी, नेक्सन ईभी र कर्भ ईभी बिक्री गर्दै आएको छ ।  

    सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालको विद्युतीय क्षेत्रमा टाटा ईभीको यात्राले नयाँ उचाइ लिएको बताए ।  ‘नयाँ टियागो ईभी र नयाँ पञ्च ईभीमा नेपाली ग्राहकले देखाउनुभएको अभूतपूर्व विश्वासले हामीलाई उत्साहित बनाएको छ। 

    आकर्षक डिजाइन, उत्कृष्ट कार्यक्षमता, फराकिलो इन्टेरियर र अत्याधुनिक प्रविधिसहित २०५ मिमि ग्राउन्ड क्लियरेन्समा आएको सिएरा ईभीले नेपालको ईभी रूपान्तरणमा अर्को ठूलो कोसेढुङ्गा थप्ने उनको विश्वास छ । सिएरा ईभी विशिष्ट डिजाइन, रोमाञ्चक कार्यक्षमता र दैनिक व्यावहारिक प्रयोग चाहने ग्राहकहरूका लागि तयार पारिएको हो ।  


    टियागो ईभी, नेक्सन ईभी र पन्च इभिमा विशेष छुट

    कम्पनीले नाडामा आफ्नो लोकप्रिय एसयूभी नेक्सनको नयाँ भेरियन्ट नेक्सन ईभी रिलोड पनि लन्च गरेको छ । कम्पनीले यसको आधिकारिक मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । नाडा अफरमा अन्तर्गत ग्राहकले रुपैयाँ ४२ लाख ४९ हजार रुपैयाँमै किन्न पाउने कम्पनीले जनाएको छ । 

    त्यस्तै, कम्पनीले गत हालै सार्वजनिक गरेको टियागो ईभी र पन्च ईभी फेसलिफ्ट मोडलमा पनि १-१ लाख रुपैयाँ छुट दिएको छ । नाडामा अफरमा ग्राहकले पन्च ईभी ३२ लाख ९९ हजार र टियागो ईभी २७ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन् ।

     

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - ११:५८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij