Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवा बाढीले जलविद्युत् आयोजनादेखि सबस्टेशनसम्ममा ठूलो क्षति

रसुवा बाढीले जलविद्युत् आयोजनादेखि सबस्टेशनसम्ममा ठूलो क्षति


  • 1.2K
    Shares

    रसुवा बाढीले जलविद्युत् आयोजनादेखि सबस्टेशनसम्ममा ठूलो क्षति
    images

    काठमाडौं । रसुवा जिल्लामा आएको आकस्मिक बाढीले जलविद्युत् क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण प्रमुख जलविद्युत् आयोजना, सबस्टेशन तथा प्रसारण संरचना क्षतिग्रस्त हुँदा विद्युत् उत्पादन र प्रसारण प्रभावित भएको छ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार रसुवागढी जलविद्युत् आयोजना, चिलिमे जलविद्युत् केन्द्र, त्रिशूली–३ ए र त्रिशूली–३ बी हबअन्तर्गतको २२० केभी सबस्टेशन तथा त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रमा ठूलो भौतिक क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।

    विद्युत् आयोजना र प्रसारण लाइनका संरचना क्षतिग्रस्त भएपछि ती क्षेत्रबाट हुने विद्युत् उत्पादन तथा प्रसारण पूर्ण रूपमा ठप्प भएको प्राधिकरणले जनाएको छ। बाढीले घर, सडक, पुल तथा अन्य भौतिक पूर्वाधारसँगै विद्युत् संरचनामा समेत गम्भीर क्षति पुर्‍याएको प्रारम्भिक विवरणमा उल्लेख छ।

    प्राधिकरणले बाढीमा परी बेपत्ता तथा प्रभावित भएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सर्वसाधारणको खोजी, उद्धार तथा राहतका लागि सबै सम्बन्धित निकायलाई प्रभावकारी रूपमा परिचालन हुन आग्रह गरेको छ।

    बाढीको जोखिम अझै कायम रहन सक्ने भन्दै नदी तथा खोला आसपास, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका कर्मचारी तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण हुन समेत आग्रह गरिएको छ।

    विद्युत् आपूर्ति अवरुद्ध हुँदा उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गर्दै अवरुद्ध आपूर्ति नियमित गर्न हरसम्भव प्रयास भइरहेको जनाएको छ। मर्मत तथा पुनर्स्थापना कार्य पूरा नहुँदासम्म धैर्य गर्न पनि उपभोक्तालाई आग्रह गरिएको छ।  

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - ११:४८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij