Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवा बाढी : अबको केही घण्टामा मुग्लिन पार गर्ने

रसुवा बाढी : अबको केही घण्टामा मुग्लिन पार गर्ने


  • 1.2K
    Shares

    रसुवा बाढी :  अबको केही घण्टामा मुग्लिन पार गर्ने
    images

    काठमाडौं । रसुवाको भोटेकोसीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै तीव्र गतिमा अगाडि बढिरहेको छ।

    बुधबार बिहान १०:५१ बजे पछिल्लो अपडेट जारी गर्दै बाढी पूर्वानुमान महाशाखाले बाढी धादिङको गल्छी आसपास पुगिसकेको जनाएको छ। बाढी अबको केही घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेको महाशाखाले जनाएको छ।

    बाढीको सतह बढ्दै गएपछि महाशाखाले पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ सडकखण्डसहित त्रिशूली नदी किनारका बस्ती तथा बजार क्षेत्र खाली गर्न आग्रह गरेको छ।  

    महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान अपिल गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    ‘त्रिशूली नदी छेउछाउका बस्ती र बजार क्षेत्र खाली गरी उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहनुहोस्,’ महाशाखाले भनेको छ।

    बाढी मुग्लिनतर्फ अगाडि बढिरहेका कारण त्रिशूली नदी आसपासका क्षेत्रहरूमा जोखिम थप बढेको छ।  

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - ११:१४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij