Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गोसाईंकुण्ड जाने तीर्थयात्रीका आफन्त चिन्तित

गोसाईंकुण्ड जाने तीर्थयात्रीका आफन्त चिन्तित


  • 1.7K
    Shares

    गोसाईंकुण्ड जाने तीर्थयात्रीका आफन्त चिन्तित
    images

    काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीले तटीय क्षेत्रको जनधन मात्र नभएर प्रसिद्ध गोसाईंकुण्डमा स्नान तथा भ्रमण गर्न गएका आन्तरिक तथा बाह्य पर्यटकहरु समेत प्रभावित भएका छन् ।

    रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले आज मात्रै गोसाईँकुण्डतर्फ ठूलो संख्यामा तीर्थयात्री र पदयात्रीहरु गाडी रिजर्भ गरेर गएको बताए ।

    जनैपूर्णिमाको दिन गोसाईंकुण्डमा विशेष मेला लाग्ने भएकाले धार्मिक पर्यटकहरूको ठूलो संख्या यो सिजनमा त्यसतर्फ जाने गरेका छन् ।

    यस वर्षको जनै पूर्णिमा पर्सी भदौ १२ गते परेकाले पनि धेरै तीर्थयात्रीहरू आजै त्यसतर्फ गएका थिए । तीर्थ यात्रीका परिवार तथा आफन्तहरूले सम्पर्क गर्दा कोही सम्पर्कमा रहे पनि धेरैजसोको फोन नलागेको भनेर सामाजिक सञ्जालमा उद्धारका लागि आग्रह गरिरहेका छन् ।

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - ११:११:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij