२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको छ।
प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत उद्धार तथा राहत कार्यका लागि आवश्यकताअनुसार तत्काल परिचालन गर्न सबै हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको जानकारी दिएका छन्। निजी हेलिकप्टर कम्पनीहरूलाई समेत आफ्ना हेलिकप्टर स्ट्यान्डबाइमा राख्न भनिएको उनले बताएका छन्।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ। अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी तथा जनशक्ति प्रभावित क्षेत्रमा पठाइएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
त्यस्तै, प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र मेडिकल जनशक्ति पठाउने प्रक्रिया अघि बढाइएको छ। विपद् व्यवस्थापन प्राधिकरणले मेडिकल टिम, स्काउट, रेडक्रसलगायतका निकायसँग समन्वय गरिरहेको जनाएको छ।
बाढीको जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij