Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रधानमन्त्री बालेनद्वारा उच्च स्तरीय बैठक आह्वान

प्रधानमन्त्री बालेनद्वारा उच्च स्तरीय बैठक आह्वान


  • 687
    Shares

    प्रधानमन्त्री बालेनद्वारा उच्च स्तरीय बैठक आह्वान
    images

    काठमाडौं । रसुवा बाढीको घटनापछि उद्धार, राहत तथा आगामी आवश्यक कदमबारे निर्णय गर्न प्रधानमन्त्री बालेन शाहले उच्च स्तरीय बैठक आह्वान गरेका छन्।

    प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत रसुवाको प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिएका हुन्। अन्य जिल्लाबाट समेत अतिरिक्त जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइसकिएको उनले बताएका छन्।

    उनका अनुसार विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाइएको छ भने मेडिकल टिम, नेपाल स्काउट र रेडक्रसलगायत सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कदम चाल्ने तयारी गरिएको छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा मेडिकल जनशक्ति पठाउने प्रक्रिया पनि अघि बढाइएको उल्लेख गरेका छन्।

    तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन्।

    प्रधानमन्त्री शाहले सबै नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेमा सरकारी निकायबाट आउने उद्धारसम्बन्धी अद्यावधिक सूचनाको प्रतीक्षा गर्न अनुरोध गरेका छन्। थप जानकारी तथा राहतसम्बन्धी विवरणका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने उनले बताएका छन्। 

     

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १०:४९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij