Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सेनाका २ वटा हेलिकप्टर रसुवा उडे

सेनाका २ वटा हेलिकप्टर रसुवा उडे


  • 1.5K
    Shares

    सेनाका २ वटा हेलिकप्टर रसुवा उडे
    images

    काठमाडौं । भीषण बाढीका कारण रसुवामा ठूलो भौतिक क्षति भएको छ। 

    बुधबार बिहान भोटेकोसीमा आएको बाढीले स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा ठुलो क्षति गरेपछि नेपाली सेनाका दुईवटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ गएका छन्। सरकारले सबै हेलिकप्टर कम्पनीहरुलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको छ। 

    सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढीले रसुवामा ठूलो क्षति गरेको जानकारी दिएका छन्। 

    सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायहरूलाई उच्च सतर्कता अपनाउन, उद्धार तथा राहत तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्न निर्देशन दिइसकेको छ। 

    लेन्दे खोला (भोटेकोसी)मा आएको बाढीले रसुवा नाकामा ठूलो क्षति गरेको रसुवाका सहायक सीडीओ द्रुव प्रसाद अधिकारीले बताएका छन्। 

    ‘दुईवटा बजार तहसनहस भएको छ,’  ‘टिमुरे र सँगैको अर्को एउटा बजार तहसनहस भएको छ। रसुवा भन्सार क्षेत्रमा ठूलो स‌ङ्ख्यामा गाडीहरू र अन्य सामग्रीहरू थिए। ती सबै बगेका छन्।’ 

    अधिकारीले बाढीले बजार र भन्सार पुरै बगाएको बताए। गत वर्षको बाढीले बगेपछि भर्खरै निर्माण सम्पन्न भएको नयाँ पुल पनि बाढीले बगाएको छ। 

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १०:४२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij