Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

त्रिशूली नदीमा बाढीको जोखिम बढ्यो, नदी तटीय क्षेत्र खाली गर्न आग्रह

त्रिशूली नदीमा बाढीको जोखिम बढ्यो, नदी तटीय क्षेत्र खाली गर्न आग्रह


  • 1.5K
    Shares

    त्रिशूली नदीमा बाढीको जोखिम बढ्यो, नदी तटीय क्षेत्र खाली गर्न आग्रह
    images

    काठमाडौं । रसुवाको भोटेकोसीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै अगाडि बढेपछि नदी तटीय क्षेत्रमा जोखिम बढेको छ।

    भदौ १० गते बिहान १०:२८ बजे अपडेट जारी गर्दै बाढी पूर्वानुमान महाशाखाले भोटेकोसीको बाढी धादिङको गल्छी आसपास पुगेको जनाएको छ। उक्त बाढी अबको केही घण्टामा मुग्लिन पार हुने महाशाखाको अनुमान छ।

    बाढीको जोखिमलाई ध्यानमा राख्दै महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडकखण्ड तथा त्रिशूली नदी आसपासका बस्ती र बजार क्षेत्र खाली गर्न अनुरोध गरेको छ।

    महाशाखाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

    ‘त्रिशूली नदी छेउछाउका बस्ती र बजार क्षेत्र खाली गरी उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहनुहोस्,’ महाशाखाले आग्रह गरेको छ।

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १०:३९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij