Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोटेकोसीको बाढीले भन्सारमा राखिएका नयाँ गाडी, टिमेर बजार, नयाँ पुल सबै बगायो: सहायक सीडीओ

भोटेकोसीको बाढीले भन्सारमा राखिएका नयाँ गाडी, टिमेर बजार, नयाँ पुल सबै बगायो: सहायक सीडीओ

  • 449
    Shares

    भोटेकोसीको बाढीले भन्सारमा राखिएका नयाँ गाडी, टिमेर बजार, नयाँ पुल सबै बगायो: सहायक सीडीओ
    images

    काठमाडौं । बुधबार बिहान भोटेकोसीमा आएको भीषण बाढीले रसुवामा ठूलो क्षति गरेको छ। 

    लेन्दे खोला (भोटेकोसी)मा आएको बाढीले रसुवा नाकामा ठूलो क्षति गरेको रसुवाका सहायक सीडीओ ध्रुव प्रसाद अधिकारीले जानकारी दिए। 

    ‘दुईवटा बजार तहसनहस भएको छ,’ अधिकारीले  भने, ‘टिमुरे र सँगैको अर्को एउटा बजार तहसनहस भएको छ। रसुवा भन्सार क्षेत्रमा ठूलो स‌ङ्ख्यामा गाडीहरू र अन्य सामग्रीहरू थिए। ती सबै बाढीमा बगेका छन्।’ 

    अधिकारीले बाढीले बजार र भन्सार पुरै बगाएको बताए। गत वर्षको बाढीले बगेपछि भर्खरै निर्माण सम्पन्न भएको नयाँ पुल पनि बाढीले बगाएको छ। 

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १०:३०:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij