Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

महिलामाथि दुर्व्यवहार गर्ने पाथिभरा माता पुर्पक्षका लागि कारागार चलान

महिलामाथि दुर्व्यवहार गर्ने पाथिभरा माता पुर्पक्षका लागि कारागार चलान


  • 799
    Shares

    महिलामाथि दुर्व्यवहार गर्ने पाथिभरा माता पुर्पक्षका लागि कारागार चलान
    images

    काठमाडौं ।  सुर्खेतमा पाथिभरा माता बनेर झारफूक गर्दै आएका एक युवक महिलामाथि दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि कारागार चलान भएका छन्।

    वीरेन्द्रनगर नगरपालिका–३ का २४ वर्षीय समिर थापालाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

    थापाले लामो समयदेखि माता भन्दै झारफूक गर्दै आएका थिए। केही समयअघि उनले एक महिलालाई गालीगलौज तथा कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई साउन १३ गते पक्राउ गरेको थियो।

    न्यायाधीश तीर्थराज भट्टको एकल इजलासले थापालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए।

    घटनाको भिडियो खिच्ने अर्का व्यक्तिलाई भने अदालतले ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

    थापासहित भिडियो खिच्ने व्यक्तिविरुद्ध बोक्सी आरोपसम्बन्धी कसुरमा साउन ८ गते जिल्ला अदालत सुर्खेतमा मुद्दा दर्ता भएको थियो। थुनछेक बहसपछि अदालतले मुख्य अभियुक्त थापालाई थुनामा राख्ने र अर्का व्यक्तिलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

    असार २६ गते युवकले फेसबुक लाइभमार्फत विष सेवन गरेका थिए । उनका आफन्तले समाजसेवी बेदिका केसी र पत्रकार प्रकाश सुवेदीलाई सुर्खेतमा आएर आफूहरूले लगाएका आरोपको प्रमाण प्रस्तुत गर्न आग्रह गरेका थिए ।

    त्यसपछि सोही युवकले साउन १३ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा थापाले एक महिलामाथि कुटपिट गर्दै अपशब्द प्रयोग गरेको र महिलालाई खुट्टाको पैतला चाट्न लगाएको तथा भिडियो भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनलाई प्रकाउ गरेको थियो ।

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १०:२२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij