Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

प्रेस कार्डको आडमा लागुऔषध धन्दा, ३ जना पक्राउ

प्रेस कार्डको आडमा लागुऔषध धन्दा, ३ जना पक्राउ


  • 974
    Shares

    प्रेस कार्डको आडमा लागुऔषध धन्दा, ३ जना पक्राउ
    images

    काठमाडौं । पत्रकारको परिचयत्र पत्र बोकेर लागुऔषध कारोबार हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार परिचय पत्र देखाउँदै लागुऔषध कारोबारमा संलग्न  ३ जना कारोबारीहरूलाई पक्राउ छ । 

    ब्युरोको शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार सिन्धुलीको दुधौली नगरपालिका–९ बाट कार सहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहाका लक्ष्मीपुर घर भएका २६ वर्षीय उमेश कुमार यादव, लहान नगरपालिका–१० घर भएका ३० वर्षीय रमेश कुमार राम र लक्ष्मीपुर गाउँपालिका–२ घर भएका २५ वर्षीय गुल्सन प्रसाद साह रहेका छन् ।

    उनीहरू सिरहाको मिर्चैयाबाट कारमा लागुऔषध खैरो हेरोइन लिएर काठमाडौंतर्फ आउँदै थिए । कार चालक उमेश यादवका साथमा पत्रकारको परिचयपत्र भेटिएको छ । लहान–२२ सिरहा ठेगाना उल्लेखित जनजागरण खबरको परिचयपत्र बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले बताएका छन् । उनले सो कार हुलास फाइनान्सबाट किसताबन्दीमा निकालेको भेटिएको छ ।

    आरोपीहरूले कारको गियर बक्समा लुकाएर ल्याएको अवस्थामा ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको एसएसपी बोहराले जानकारी दिएका छन् । आरोपीहरूमाथि इलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीले थप अनुसन्धान गरिरहेको छ । 

     

    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - १०:३४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij