२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । घरजग्गासम्बन्धी कारोबार गर्न इच्छुक फर्म, कम्पनी वा संस्थालाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट इजाजत पत्र (लाइसेन्स) लिन २१ दिनको समय तोकिएको छ।
विभागले बिहीबार (साउन २१ गते) सार्वजनिक सूचना जारी गरी महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा ३ करोड रुपैयाँभन्दा बढी कारोबार गर्न इच्छुक फर्म, कम्पनी वा संस्थाले गर्न घरजग्गा इजाजत पत्र लिन अबको २१ दिनभित्र अनलाइन निवेदन पेस गर्न पाउने जानकारी दिएको हो।
विभागले भनेको छ, मालपोत ऐन, २०३४ को दफा २६क. र २६ख. मा प्राकृतिक र कानुनी व्यक्ति वा कानुनी व्यक्तिहरूबिच घरजग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिनुपर्ने भएको व्यवस्था बमोजिम नेपाल सरकारबाट मिति २०८२/०६/२७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना नं. २ मा महानगरपालिका र उपमहानगरपालिका क्षेत्रलाई कार्यक्षेत्र घोषणा गरेको हुँदा एक पटकमा तीन करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने इच्छुक फर्म, कम्पनी वा संस्थाहरुले उक्त क्षेत्रमा कारोबार गर्न घरजग्गा इजाजत पत्र लिन यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र तपसिलमा उल्लेख भए बमोजिम https://publicdolma.gov.np/dolma मार्फत अनलाइन निवेदन पेस गर्न मालपोत नियमावली, २०३६ को नियम २३ञ. को उपनियम (१) बमोजिम यो सूचना प्रकाशन गरिएको छ।
तपसिल
१. मालपोत नियमावली, २०३६ (आठौँ संशोधन २०८२ ) को अनुसूची ८ मा उल्लिखित कागजात एवम् प्रमाण स्क्यान गरी सोही अनुसूची बमोजिमको ढाँचामा निवेदन पेस गर्नुपर्नेछ। इजाजत पत्र लिनको लागि मालपोत नियमावली, २०३६ को नियम २३८. बमोजिम देहाय अनुसारको दस्तुर बुझाउनु पर्नेछ।
क) एकपटकमा पाँच करोड रुपैयाँसम्म कारोबार गर्ने व्यक्ति (फर्म, कम्पनी वा संस्था) को हकमा पाँच लाख रुपैयाँ,
ख) एकपटकमा पाँच करोड रुपैयाँभन्दा घटी वा बढी जतिसुकै रकमको कारोबार गर्ने व्यक्ति (फर्म,कम्पनी वा संस्था) को हकमा दश लाख रुपैयाँ।
३. विभागबाट २०८२/०७/२८ को सूचनाबमोजिम अनलाइन निवेदन पेस गरी २०८३ अषाढ मसान्त सम्म इजाजतपत्र नलिइएका फर्म, संस्था वा कम्पनीहरूले इजाजत पत्र लिन इच्छुक भएमा यो सूचना पुन: अनलाइन मार्फत निवेदन पेस गर्नुपर्नेछ।
४. अनलाइनमार्फत निवेदन सहित पेस गरेका कागजातहरूको १/१ प्रति प्रिन्ट गरी विभागमा पेस गर्नुपर्नेछ।
५. विभागमा निवेदन पेस गरेपश्चात् उक्त कम्पनी/फर्म वा संस्थाका सञ्चालक सदस्यहरूको हकमा नेपाल प्रहरीमा रहेको केन्द्रीय अपराध सूचना अभिलेखालयमा रहेको अभिलेखका आधारमा अपराधिक क्रिायाकलापमा संलग्न नरहेको बेहोराको पत्र स्वयंले पेस गर्नुपर्नेछ।
६. थप जानकारी आवश्यक भएमा विभागमा सम्पर्क गर्नुहुन
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij