Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

११५ दिनपछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय (तस्बिरहरु)

११५ दिनपछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय (तस्बिरहरु)


  • 883
    Shares

    ११५ दिनपछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय (तस्बिरहरु)
    images

    काठमाडौं । लामो समयदेखि बन्द रहेको काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय ११५ दिनपछि आजदेखि औपचारिक रूपमा खुलेको छ । समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित पुस्तकालयमा लगाएको ताला आज खोलिएसँगै पुस्तकालय सञ्चालनको बाटो प्रशस्त भएको हो ।

    पुस्तकालयको करिव ३ करोड रुपैयाँ भाडा वक्यौता रहेको जनाउँदै परिषद्ले यसअघि तालाबन्दी गरेको थियो । यद्यपि, वक्यौता बाँकी नै रहेको अवस्थामा पनि पुस्तकालयको संवेदनशीलतालाई मध्यनजर गर्दै आज ताला खोलिएको हो । पुस्तकालय प्रशासनकाअनुसार हाल आन्तरिक सरसफाई तथा व्यवस्थापकीय कार्यहरू भइरहेका छन् । 

    लामो समय बन्द रहेका कारण पुस्तकहरूको व्यवस्थापन र सरसफाइका लागि केही दिन लाग्ने भएकाले आगामी २५ गतेदेखि मात्र पाठकहरूका लागि पुस्तकालय खुला गरिने योजना बनाइएको छ । व्यवस्थापकीय कार्य सम्पन्न भएपछि आगामी २५ गतेदेखि पाठकहरूले नियमित रूपमा सेवा लिन सक्नेछन् । 

    p10.jpg

    p8.jpg

    p7.jpg 

    p6.jpg

    p5.jpg

    p4.jpg

    p3.jpg

    p2.jpg

    p1.jpg

     

    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - १७:२१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij